बिहीबार , कार्तिक २० गते २०८३
images
images

एनसेल बिक्रीमा घोटला गर्ने माफियाले नै सिजि टेलिकम चल्न नदिएकोमा निर्वाण चौधरीको आक्रोश

एक्सप्रेस पाना
मंसिर २१, २०८० बिहीबार
  • 287
    SHARES
  • एनसेल बिक्रीमा घोटला गर्ने माफियाले नै सिजि टेलिकम चल्न नदिएकोमा निर्वाण चौधरीको आक्रोश

    काठमाडौं,मंसिर २१ । एनसेल बिक्री घोटालामा संलग्न टेलिकम माफियाहरूले नेपाली दूरसञ्चार कम्पनी सीजी टेलिकमलाई बजार प्रवेशमा अवरोध गरेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले ट्विटरमा आफ्नो चिन्ता व्यक्त गरेका छन्।

    images

    उनले सिजि टेलिकमको नि:शुल्क भ्वाइस र एसएमएस, र निकै सस्तो डाटा अहिले चलेको मुल्यभन्दा पचास प्रतिशत कममा दिने प्रतिज्ञा गर्दा पनि टेलिकम माफियाले नदिएको प्रकाश पार्दै नेपाली कम्पनीलाई किन सञ्चालनको इजाजत दिन अस्वीकार गरियो भन्ने प्रश्न उठाएका छन्।

    चौधरीले ट्विटमा १० वर्षदेखि नेपाली टेलिकमको स्थापनालाई रोक्ने तथा एनसेल काण्डमा संलग्न व्यक्तिहरू एउटै टेलिकम माफियाहरू भएको र अहिले सिजि टेलिकमको प्रगतिमा बाधा पुर्याएको बताएका छन्। भ्रष्टचारमा संलग्न हुँदा निर्दोषताको अनुहार देखाउँदै उनले अहिलेको सरकारको अवस्थालाई "त कुटे जसो गर, म रोए जस्तो गर्छु" भन्ने नाटक मञ्चन भईरहेको भन्दै चलचित्रसँग तुलना गरेका छन्। 

    images

    यो भनाइले देशको दूरसञ्चार क्षेत्रमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धामाथि प्रश्न उठाउँदै धेरै नेपालीमा आक्रोश पैदा गरेको छ। ट्वीटमा धेरै रिट्विट एवं समर्थन रहेको छ। 

    चौधरीको यो ट्विटले देशका सबै दूरसञ्चार अपरेटरहरूका लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न सरकार र नियामक निकायहरूलाई ठूलो दबाबमा पर्न सक्ने देखिन्छ। 

    हेर्नुस ट्विट 
    "नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ। हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्। आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्। देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ।"