बिहीबार , कार्तिक २० गते २०८३
images
images

एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन

एक्सप्रेस पाना
मंसिर २२, २०८० शुक्रबार
  • 224
    SHARES
  • एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन

    काठमाडौँ । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। 

    images

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद-बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिइन्। समितिलाई ३० दिनको समय दिइएको छ। 

    पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो। समितिले आजैबाट कामको सुरु गरिसकेको छ। 

    images