शुक्रबार, भाद्र २६ गते २०८३
images

सिरी ए : युभेन्टसको पहिलो जित

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 484
    SHARES
  • सिरी ए : युभेन्टसको पहिलो जित

    एजेन्सी । इटालियन सिरी ए फुटबलको नयाँ सिजन २०२१/२२ को आफ्नो पाँचौं खेलमा युभेन्टसले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले स्पेजियालाई ३-२ गोलले हराएको हो । 

    images

    स्पेजियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युभेन्टसलाई जिताउन मोइसे किन, फेडेरिको चिसा र माथिस डी लाइटले १/१ गोल गरे । स्पेजियाका इम्यानुअल ग्यासी र जेनिस एन्टिस्टेले १/१ गोल गरे ।

    खेलको किनले २८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३औं मिनेटमा ग्यासीले गोल गर्दै पहिलो हाफमा स्पेजियालाई १–१ गोलको बराबरीमा फर्काए ।

    images

    त्यस्तै दोस्रो हाफको खेलको ४९औं मिनेटमा आर्टिस्टेले गोल गरेपछि स्पेजियाले २–१ गोलको अग्रता बनायो । ६६औं मिनेटमा चिसाले गोल गरेपछि युभेन्टस बराबरीमा फर्कियो । ७२औं मिनेटमा डी लाइटले गोल गर्दै युभेन्टसलाई ३–२ गोलले जिताए । 

    उक्त जितसँगै युभेन्टस १३औं स्थानमा उक्लिएको छ । युभेन्टसले ५ खेलमा ५ अंक जोडेको छ । यता स्पेजिया भने ४ अंकका साथ १७औं स्थानमा छ ।