बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: चार प्रदेशमा हिमपात

एक्सप्रेस पाना
मंसिर २५, २०८० सोमबार
  • 204
    SHARES
  • आजको मौसम: चार प्रदेशमा हिमपात

    देशभरको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ।

    images

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। अहिले बिहान  देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images

    राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले बताएका छन्।