बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

एक्सप्रेस पाना
मंसिर ३०, २०८० शनिबार
  • 186
    SHARES
  • आज यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहान नौ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

    images

    टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएको जनाउँदै प्राधिकरणले विद्युत् आपूर्ति केही समयको लागि बन्द गर्न लागेको जानकारी दिएको छ । 

    शनिबार दिउँसो १ बजे सम्मका लागि टेकुस्थित सब स्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, ढोकाटोल, भिमसेनस्थान, ढल्को, ब्रम्हटोल, रामघाट, मरुहिटी, क्षेत्रपाटी चोक, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

    images

    त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, महाबौध्द, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, वसन्तपुर दरबार स्क्वायर,सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, बागडोल, धोबीधारा, मलपोखरी, नख्खु चोक, धोबीघाटलगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुनेछ । 

    प्राधिकरणले आज (शनिबार) एक सूचनामार्फत बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म उल्लेखित स्थानहरुमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो।