बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ’ : सभामुख देवराज घिमिरे

एक्सप्रेस पाना
पौष १, २०८० आइतबार
  • 250
    SHARES
  • ‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ’ : सभामुख देवराज घिमिरे

    सिन्धुपाल्चोक, पुस १ । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पु¥याउन आग्रह गरेका छन्। 

    images

    मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु-१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए। 

    सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे। मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उहाँले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन्। 

    images

    सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए।