शुक्रबार, भाद्र २६ गते २०८३
images

महिला फुटबल टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 412
    SHARES
  • महिला फुटबल टोली स्वदेश फिर्ता

    असोज ७ काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बिहीबार स्वदेश फर्किएका छन् ।

    images

    फुटबल टोली आज बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।

    समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

    images

    नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रह्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।