एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ ।
गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषभ पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए । हैदराबादका खलिल अहमेद र राशिद खानले १ १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।
उक्त जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अङ्क जोडेको छ । हैदराबादले ८ खेलमा २ अङ्क जोडेको छ ।


