बिहीबार , कार्तिक २० गते २०८३
images
images

फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम नेपालमै सफल भएपछि मौलापुरकी मेयर रिना साहको चौतर्फी चर्चा

एक्सप्रेस पाना
पौष ४, २०८० बुधबार
  • 242
    SHARES
  • फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम नेपालमै सफल भएपछि मौलापुरकी मेयर रिना साहको चौतर्फी चर्चा

    रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत आज नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएको छ। 

    images

    मौलापुर नगरपालिकाकी मेयर रिना साहले यो आर्थिक बर्षको हालसम्मको २ करोड ६६ लाखको चेक नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई बुझाएकी हुन्। 

    मेयर रिना साह, उपमेयर नागेन्द्र यादव, वडा अध्यक्ष लगायतका सहभागितामा सो रकमको चेक बुझाएकी हुन्। मेयर साहको पहलमा भएको यस्तो कामले नगरवासी खुशी हुनुका साथै उनको अहिले चौतर्फी चर्चा गरिरहेका छन्। 

    images

    स्थानीय ठागा दासले मेयर रिना साहको यस लोकप्रिय एवं जनपक्षिय काम सबैकालागि राम्रो भएको बताए। ‘मेयर रिना साह ज्यूको पहलमा पहलमा झण्डै चार वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको छ’ दासले भने। मेयर साहको कामले नगरवासी खुशी रहेका छन्। फ्रि विजुली, फ्रि पानी मात्रै नभई मौलापुरको शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासका कामले छिमेकी पालिकाका साथै मधेसभरी मेयर साहको अहिले चर्चा भईरहेको छ।  

    ‘यस लोकप्रिय एवं जनपक्षिय कामहरुको जति बखान गरेपनि सायद कम नै हुन्छ होला ! एक पछि अर्को सराहनीय कामहरू गरेर आम जनताको मनमुटुमा बस्न सफल मौलापुरको नेतृत्व एवं नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्छु। साथै यस्तै राम्रो काम अझै भईराखोस भन्ने हाम्रो चाहना आउँने दिनमा पनि मेयर साहेवले पुरा गर्दै जानुहुन्छ भन्ने हामीलाई विश्वास छ’ खुशी हुदै दासले भने।