बिहीबार , कार्तिक २० गते २०८३
images
images

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरिङ एसोसिएसनको माग

एक्सप्रेस पाना
पौष ८, २०८० आइतबार
  • 272
    SHARES
  • इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरिङ एसोसिएसनको माग

    इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ।

    images

    निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो।

    सरकारी र निजी क्षेत्रमा कार्यदल बनाएर गरिएको अध्ययनअनुसार न्यूनतम ३७,१३५ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ।

    images

    न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुने भन्दै एसोसियसनका अध्यक्ष हरि बहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे। 

    एसोसिएसनको माग पत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।