शुक्रबार, भाद्र २६ गते २०८३
images

ज्ञानेन्द्रले ईपीएल नखेल्ने

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 575
    SHARES
  • ज्ञानेन्द्रले ईपीएल नखेल्ने

    असोज ७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

    images

    ललितपुर प्याट्रीयट्सका कप्तान समेत रहेका मल्लले ईपिएल नखेल्ने ललितपुरले आज बिहीबार जनाएको छ ।

    ज्ञानेन्द्रको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो । ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका छन् । यस अघि पूर्व कप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका छन् । यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन् ।

    images

    चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ । उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स -११ विरुद्ध खेल्नेछ ।