काठमाडौं, पुस १२ । एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिस प्रालि नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने छन्।
सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोक्युडर्स, माइनर इन्भेस्टिगेसन (कर्मचारीलाई मात्र), अप्टिकल्समा १० प्रतिशतसम्मको छुटको लाभ लिन सक्नेछन्।
साथै पहिलो पटक रजिष्ट्रेसन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फ्लोअप समेत निशुल्क हुनेछ।
समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो।
बैंकले देशैभरि छरिएर रहेका आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।


