बिहीबार , कार्तिक २० गते २०८३
images
images

बालकुमारी प्रदर्शनमा घाइते अर्का युवकको पनि उपचारको क्रममा मृत्यु

एक्सप्रेस पाना
पौष १३, २०८० शुक्रबार
  • 230
    SHARES
  • बालकुमारी प्रदर्शनमा घाइते अर्का युवकको पनि उपचारको क्रममा मृत्यु

    काठमाडौं, पुस १३ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ।

    images

    प्रहरीका अनुसार प्रदर्शनका क्रममा गम्भीर घाइते भएका वीरेन्द्र शाहको पत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यसअघि प्रदर्शनको क्रममा घाइते सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो।

    कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा फारम भर्न नपाएको भन्दै युवाहरुले शुक्रबार बिहान प्रदर्शन गरेका थिए।

    images

    यसअघि प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वाला चढेको बा.२ झ ५८६१ नम्बरको गाडी जलाइदिएका थिए। आगलागीबाट मन्त्री ज्वाला चढ्ने गाडी ध्वस्त भएको थियो।