बिहीबार , कार्तिक २० गते २०८३
images
images

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय

एक्सप्रेस पाना
पौष १४, २०८० शनिबार
  • 246
    SHARES
  • बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई राहत स्वरूप १०-१० लाख दिने निर्णय गरेको छ।

    images

    शनिबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्।

    साथै सरकारले सो घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।

    images

    शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो।  

    कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो। सो घटनामा दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन्। प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।