एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोलीले सानदार जित निकालेको छ । बिहिवार राति भएको खेलमा घरेलु टोली साम्पडोरियामाथि ४-० गोलको फराकिलो जित निकालेको हो ।
पाहुना टोली नापोलीको जितमा वभक्टर ओसिम्हेनले २,फेबियन रुइज र पिरोटर जेलिसकिनले समान १/१ गोल गरे । पहिलो हाफमाम २-० गोलको अग्रता बनाएको नापोलीले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
उक्त जितसँगै नापोलीले जारी सजिनमा शतप्रतिशत जित निकालेको छ । उसले ५ खेलबाट १५ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । यता पराजित साम्पडोरिया समाना ५ अेलबा ५ अंकसहित तालिकाको १३औं स्थानमा रहेको छ ।


