शुक्रबार, भाद्र २६ गते २०८३
images

बार्सिलोनाको लगातार दोस्रो बराबरी

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 483
    SHARES
  • बार्सिलोनाको लगातार दोस्रो बराबरी

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना लगातार दोस्रो बराबरी खेलेको छ । अघिल्लो खेलमा ग्रानडासँग बराबरी खेलेको बार्सिलोनाले बिहीबार राति काडिजसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । 

    images

    काडिजको घरेलस मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । तुलनात्मक रूपमा बार्सिलोनाभन्दा घरेलु टोलीले राम्रो प्रदर्शन गरेको थियो । बार्सिलोनाले ६ सट्स प्रहार गर्दा काडिजले १३ सट्स प्रहार गरेको थियो । 

    त्यस्थै यता खेलको ६५औं मिनेटमा पाहुना टोली बार्सिलोना १० खेलाडिमा सिमित बन्यो उसका फ्रेन्की डी योङले पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए । 

    images

    बार्सिलोनाले जारी सिजन पाँच खेल खेलेकोमध्ये दुई खेलमा जित र तीन खेलमा बराबरी खेलेको छ । बार्सिलोना नौ अङ्कसहित सातौं स्थानमा छ भने कार्डिज ६ अङ्कसहित १४औं स्थानमा छ ।