बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: तराईमा हुस्सु, कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
पौष २१, २०८० शनिबार
  • 207
    SHARES
  • आजको मौसम: तराईमा हुस्सु, कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौं, पुस २१ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस रहेको छ। हिजो (शुक्रबार) काठमाडौंमा यस वर्षको हालसम्मकै न्यून ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो। 

    दिउँसो कोसी र मधेस प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागको भनाइ छ। 

    images

    राति कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।