एजेन्सी । इन्डियन प्रिमियर लीग (आईपीएल) टी२० क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।
बिहिवार राति भएको खेलमा कोलकाताले साविक विजेता मुम्बई इण्डियन्समाथि ७ विकेटको शानदार जित निकालेको हो । १ सय ५६ रनको लक्ष्य कोलकाताले २९ बल अगावै मात्र तीन विकेट गुमाएर भेट्टाएको थियो ।
कोलकाताका लागि राहुल त्रिपाठी ७४ रनमा अविजित रहँदा वेंकटेश अइयरले ५३ रन बनाए । मुम्बईका जसप्रितम बुमराहले तीन विकेट लिए ।
यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो । मुम्बईका क्विन्टन डिककले ५५, कप्तान रोहित शर्माले ३३ तथा केरोन पोलार्डले २१ रन बनाए ।
बलिङमा कोलकाताका लोकी फर्गुसन र प्रसिदद्ध कृषणले समान २/२ विकेट लिए । उक्त जितसँगै ९ खेलबाट ८ अंकसहित कोलकाता चौथो स्थानमा उक्लिंदा समान खेलबाट समान ८ अंक रहेको मुम्बई छैठौं स्थानमा छ ।
आज रोयल च्यालेञ्जर्स बेंग्लोर र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।


