रौतहट, पुस २२ । रौतहटका आवास पीडित दलितहरु आन्दोलित भएका छन्। ती आन्दोलनकारीहरुले आफ्नो निर्माणाधीन घरको भुक्तानीको माग गर्दै आज रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्।
गौर स्थित प्राविधिक कार्यालय घेराउ गर्दै उनीहरुले मधेस सरकारका बिरुद्धमा नाराबाजी समेत गरेका छन्। रौतहटको मौलापुरमा दलितहरुको निर्माण भएको घरको भुक्तानी अहिलेसम्म नपाएको र कतिपय निर्माणाधीन घरको काम पनि रोकिएकाले उनीहरु आन्दोलित भएका हुन्।
मदेस प्रदेश सरकारद्वारा जनता आवास कार्यक्रम अन्तर्गत आ.ब. २०७८ मै मौलापुर नगरपालिकामा बनाउन शुरू गरेका घरहरु अझै अधुरै छन। घर निर्माण भएको भुक्तानी हालसम्म न पाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले पीडÞितहरु गÞौरमा प्रदर्शन सहित प्राविधिक कार्यलय घेराउ गरेका हुन।
यस बिषयमा पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आफूहरु प्रदर्शनमा उत्रिनुपरेको उनीहरुको भनाई रहेको छ। मधेस प्रदेश सरकारले निर्माण भएको घरको भुक्तानी छिटो गर्नुपर्ने र रोकिएको निर्माणाधीन घरको निर्माण कार्य यथासिघ्र सुरु गर्नुपर्ने माग उनीहरुले गरेका छन्।
.jpg)


