बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: केही ठाउँमा आंशिक बदली बाहेक सामान्यतया सफा रहने

एक्सप्रेस पाना
पौष २३, २०८० सोमबार
  • 209
    SHARES
  • आजको मौसम: केही ठाउँमा आंशिक बदली बाहेक सामान्यतया सफा रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    images

    आज (सोमबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।


    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    images

    महाशाखाका अनुसार सोमबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।