बिहीबार , कार्तिक २० गते २०८३
images
images

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

एक्सप्रेस पाना
पौष २४, २०८० मंगलबार
  • 180
    SHARES
  • ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

    images

    यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्। बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।

    images

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ।