बिहीबार , कार्तिक २० गते २०८३
images
images

पर्साको हरपुरबाट गाजाँसहित दुई जना व्यक्ति नियन्त्रणमा

एक्सप्रेस पाना
पौष २४, २०८० मंगलबार
  • 287
    SHARES
  • पर्साको हरपुरबाट गाजाँसहित दुई जना व्यक्ति नियन्त्रणमा

    पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट पुस २४ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा
    लिएको छ।

    images

    नियन्त्रणमा लिईएकाहरु धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने अन्दाजी २० वर्षिय समिर तामाङ्ग र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षिय राजु लामा छन्।

    पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो। उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।

    images

    उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ। नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोवाईल सेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाईएको छ।