शुक्रबार, भाद्र २६ गते २०८३
images

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशलले गर्ने

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 271
    SHARES
  • ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशलले गर्ने

    असोज ८ काठमाडौं । ललितपुर प्याट्रिओट्सले कप्तानीको भूमिका अब कुशल भुर्तेलले निभाउने भएका छन् ।

    images

    यस अघि नियमित कप्तान एवं राष्ट्रिय टोलीका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग ईपीएल नखेल्ने घोषणा गरेसंगै ललितपुरले भुर्तेललाई कप्तानको जिम्मेवारी दिएको हो ।

    ललितपुर प्याट्रिओट्सका कप्तान मल्लले बिहीबार अपरान्ह व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने जानकारी गराएपछि क्लबले यो निर्णय लिएको हो ।

    images

    ईपीएल भोली शनिबार असोज ९ गते देखि २३ गतेसम्म कीर्तिपुर स्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।