बिहीबार , कार्तिक २० गते २०८३
images
images

यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
पौष २५, २०८० बुधबार
  • 238
    SHARES
  • यस्तो छ आजको मौसम

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ।

    images

    आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    images

    तराई भूभागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ।