बिहीबार , कार्तिक २० गते २०८३
images
images

हात्तीको आक्रमणबाट बराहक्षेत्रमा वृद्धको मृत्यु

एक्सप्रेस पाना
पौष २६, २०८० बिहीबार
  • 175
    SHARES
  • हात्तीको आक्रमणबाट बराहक्षेत्रमा वृद्धको मृत्यु

    सुनसरीको बराहक्षेत्र-५ मा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ।

    images

    हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

    बिहीबार बिहान नजिकैको जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका विष्ट दिउँसोसम्म नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए । घटनास्थलमा २–३ वटा जंगली हात्ती समूहमा देखिएको प्रहरीले जनाएको छ।

    images

    दुई महिनायता झापाको बाहुनडाँगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराईमा ७ जनाको ज्यान लिइसकेको छ।