बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै

एक्सप्रेस पाना
पौष २७, २०८० शुक्रबार
  • 251
    SHARES
  • आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै

    काठमाडौँ, पुस २७ । आज पृथ्वीनारायण शाहको ३०२औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। 

    images

    १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।

    आज पृथ्वीजयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन्।

    images

    २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए। 

    गत बर्षदेखि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।