बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाथीभरामा एक महिनाको भेटी ३५ लाख

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 269
    SHARES
  • पाथीभरामा एक महिनाको भेटी ३५ लाख

    ताप्लेजुङ, माघ ४ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ। 

    images

    पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए। 

    उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो। पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ। 

    images

    सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए। सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ।