बिहीबार , कार्तिक २० गते २०८३
images
images

माैसम : यी चार प्रदेशमा वर्षासँगै हिमपातकाे सम्भावना

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 221
    SHARES
  • माैसम : यी चार प्रदेशमा वर्षासँगै हिमपातकाे सम्भावना

    काठमाडौँ, माघ ४ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

    images

    अहिले बिहान काेशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया माैसम सफा रहेको छ। साथै देशका तराईका अधिकांश भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ।

    आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    images

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।