बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसमः पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सु

एक्सप्रेस पाना
माघ ५, २०८० शुक्रबार
  • 199
    SHARES
  • आजको मौसमः पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सु

    काठमाडौँ, माघ ५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।

    images

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images