बिहीबार , कार्तिक २० गते २०८३
images
images

बस दुर्घटनामा १५ जना घाइते

एक्सप्रेस पाना
माघ ५, २०८० शुक्रबार
  • 201
    SHARES
  • बस दुर्घटनामा १५ जना घाइते

    खलङ्गा (दार्चुला), ५ माघ : दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।  

    images

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।