बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
माघ ७, २०८० आइतबार
  • 252
    SHARES
  • आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ, माघ ७ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    images

    आज (आइतबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ।

    विभागअन्तर्तगको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images

    महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।