बिहीबार , कार्तिक २० गते २०८३
images
images

पशुपति विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

एक्सप्रेस पाना
माघ ८, २०८० सोमबार
  • 274
    SHARES
  • पशुपति विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

    काठमाडौँ, माघ ८ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ। 

    images

    आइतबार उच्च अदालत पाटनले भरत मरासिनीले दायर गरेको रिटमा अन्तरिम आदेश दिदै पुनको नियुक्ति बदर गरेको हो।

    उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो।

    images

    पुन गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् भने पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए।

    नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पदमा योग्यता नपुगेकालाई नियुक्त गरेको भन्दै उनको नियुक्ति विवादमा परेको थियो।