बिहीबार , कार्तिक २० गते २०८३
images
images

भिजिट भिसामा विदेश जान लागेका ८४ जना फिर्ता

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 300
    SHARES
  • भिजिट भिसामा विदेश जान लागेका ८४ जना फिर्ता

    काठमाडौँ, माघ ९ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ। 

    images

    पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए।

    भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले जानकारी दिए। उनीहरू कतार, दुबई र बहराइन जान लागेका हुन्।

    images

    भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ। साभार: रातोपाटी