बिहीबार , कार्तिक २० गते २०८३
images
images

फुटपाथ व्यापारीले गरे काठमाडौँ महानगर घेराउ

एक्सप्रेस पाना
माघ १०, २०८० बुधबार
  • 245
    SHARES
  • फुटपाथ व्यापारीले गरे काठमाडौँ महानगर घेराउ

    काठमाडौँ, माघ १० । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्।

    images

    रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्।

    स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्।

    images

    त्यसका साथै उनीहरुले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन्।