असोज ९ काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दीप र ललितपुरका कप्तान कुशल भुर्तेलले इपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् ।
काठमाडौंको सुरुवाती-११ : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल, शाहिद अफ्रिदी, रहमानउल्लाह गरबाज ।
ललितपुरको सुरुवाती -११ : कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी, सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो


