शुक्रबार, भाद्र २६ गते २०८३
images

ललितपुरले काठमाडौंलाई दियो १५८ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
आश्विन ९, २०७८ शनिबार
  • 495
    SHARES
  • ललितपुरले काठमाडौंलाई दियो १५८ रनको विजयी लक्ष्य

    असोज ९ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ लाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।

    images

    क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

    यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए । ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी सुन्य रनमा अविजित रहे ।

    images

    काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए ।