शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : काठमाडौंको विजयी सुरुवात

एक्सप्रेस पाना
आश्विन ९, २०७८ शनिबार
  • 945
    SHARES
  • इपिएल : काठमाडौंको विजयी सुरुवात

    असोज ९ काठमाडौं । आजबाट सुरु भएको चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स-११ ले विजयी सुरुवात गरेको छ ।

    images

    टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

    ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले ५९ रन बनाए ।त्यस्तै रायनले अविजित रहदै ७३ रन जोडे ।   राजु रिजाल १९ रनमा अविजित रहे । अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए ।

    images

    ललितपुरका पवन सर्राफ र कुशल भर्तेलले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

    उक्त यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । यता ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।