बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेविसंघकाे आयाेजनामा अन्तर्रास्ट्रियस्तरकाे राेबाेवारमा पहिलाे दिन: ६ टिम विजयी

एक्सप्रेस पाना
माघ १४, २०८० आइतबार
  • 220
    SHARES
  • नेविसंघकाे आयाेजनामा अन्तर्रास्ट्रियस्तरकाे राेबाेवारमा पहिलाे दिन: ६ टिम विजयी

    नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित विश्वकर्मा ब्याटल अफ टाइटान्स टू, बिगेस्ट राेबाेवार इन नेपालमा पहिलाे दिन ६ समूह विजयी भएका छन्।

    images

    काठमाडौंकाे रंगशालामा शुरू भएकाे प्रतिस्पर्धाकाे अर्थन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन्। खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समुहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्नु यस कार्यक्रमको मुल उद्देश्य रहेकाे छ।

    पहिलो दिनको प्रतियोगिता चरणमा भएको Xenon(Zorawar) vs Invensibles (Karan) टिममा विजयी हुन सफल टिम Xenon (Zorawar) रहेको र अन्य खेलहरू आयोजक समितिले प्रकाशित गरेको सुचना अनुरूप १४ र १५ गते सञ्चालन हुनेछन्।

    images

    नेपालमा आयाेजित याे सबैभन्दा ठुलाे धनराशी पुरस्कार भएकाे प्रतिस्पर्धा हाे। सिर्जना र आविस्कार, प्रविधिकाे प्रयाेग,मनाेरञ्जन कार्यक्रमकाे प्रथम दिन उद्घाटन समारोहमा शुभकामना दिदैँ अर्थमन्त्री प्रकाश शरण महतले सिर्जनशिल कार्यक्रमका लागि नेविसंघलाई धन्यवाद दिए। अध्यक्ष दुजाङ शेर्पाले याे प्रतिस्पर्धाले नेपनललाई अरू देशमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। राेबाेवारले युवा विद्यार्थीलाई सिर्जनशिलता र आविष्कारसँग जाेड्ने शेर्पाले बताए।

    नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट १८ दिन सहभागी छन्। प्रथम हुने समुहलाई साढे ३ लाख, द्वितीय हुनेलाई साढे १ लाख र अन्य समुहमा विजयी हुनेलाई १/१ लाख पुरस्कार राशी राखिएकाे छ। आज दाेस्राे दिन पनि दिउँसाे ३ बजेबाट राेबाेवार शुरू हुनेछ।