एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ । शनिबार सिटीले चेल्सीलाई उसैको मैदान स्टाम्फोर्ड ब्रिजमा १-० गोलअन्तरको जित निकालेको हो ।
पाहुना टोली सिटीको जितमा ग्राबियल जेससले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेका पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५३औं मिनेटमा जेससले गरेको गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।
उक्त जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक रहेको छ । समान अंक भएको चेल्सी तेस्रो स्थानमा रहेको छ ।


