शुक्रबार, भाद्र २६ गते २०८३
images

ब्रुनो पेनाल्टीमा चुक्दा युनाइटेड घरेलु मैदानमै भिल्लासँग पराजित

एक्सप्रेस पाना
आश्विन ९, २०७८ शनिबार
  • 564
    SHARES
  • ब्रुनो पेनाल्टीमा चुक्दा युनाइटेड घरेलु मैदानमै भिल्लासँग पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो हार व्यहोर्नुपरेको छ । शनिबार भएको खेलमा युनाइटेड एस्टोन भिल्लासँग १-० गोलले पराजित भएको हो ।

    images

    युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा अन्तिम समय थामिन नसक्दा युनाइटेड पराजित भएको हो । भिल्लालाई जिताउन कोर्ट्नी हाउसले निर्णायक गोल गरेका थिए ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८८औं मिनेटमा हाउसले गरेको गोल भिल्लाको जितमा निर्णायक बनेको हो । 

    images

    खेलको इन्ज्युरी समयमा युनाइटेडललले पेनाल्टीको मौका पाएको थियो । तर ब्रुनों फर्नान्डेज चुक्दा युनाइटेड पराजित भयो । 

    उक्त हारसँगै घरेलु युनाइटेड चौथो स्थानमा खस्किएको छ । उसले ६ खेलमा १३ अंक जोडेको छ । यता विजयी भिल्ला भने सातौं स्थानमा उक्लिएको छ । भिल्लाले ६ खेलमा १० अंक जोडेको छ ।