बिहीबार , कार्तिक २० गते २०८३
images
images

चन्द्रमामा एक हप्ता बन्द भएपछि ब्युँतियो जापानको ‘ल्यान्डर’

एक्सप्रेस पाना
माघ १५, २०८० सोमबार
  • 293
    SHARES
  • चन्द्रमामा एक हप्ता बन्द भएपछि ब्युँतियो जापानको ‘ल्यान्डर’

    जापानले चन्द्रमामा अवतरण गरेको ल्यान्डर एक हप्तापछि ब्युँतिएको छ। विद्युत् आपूर्तिमा समस्या आउँदा यो ल्यान्डर बन्द भएको थियो।

    images

    जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले ल्यान्डरसँग आइतबार राति सम्पर्क पुनर्स्थापित भएको बताएको छ। सूर्यको प्रकाश पाएपछि यसको सोलार ब्याट्रीले काम गर्न थालेको एजेन्सीको भनाइ छ। 

    २० जनवरीमा अवतरण गरेको सो ल्यान्डरको विद्युत आपूर्ति बन्द भएको थियो। किनभने अवतरणका क्रममा सोलार सेल सूर्यभन्दा विपरीत दिशामा फर्केको थियो। त्यसपछि त्यसको ब्याट्री बन्द गरिएको थियो।

    images

    जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक भएको छ। यसअघि अमेरिका, सोभियत संघ, चीन र भारतले यो सफलता पाएका छन्। यसले चन्द्रमाको उत्पत्तिबारे अध्ययन गर्ने बताइएको छ। एजेन्सी