एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानमा रहेको रियल मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार राति रियलको घरेलु मैदानमा भएको खेलमा रियल पाहुना टोली भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सिजन रियलको यो दोस्रो बराबरी हो । यसअघि रियलले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेका थिए ।
उक्त बराबरीपछि पनि अपराजित रहेको रियल ७ खेलमा १७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । रियलले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको सेभियालाई ३ अंकले पछि पारेको छ ।

