बिहीबार , कार्तिक २० गते २०८३
images
images

रुखले च्यापेर एकको मृत्यु

एक्सप्रेस पाना
माघ १६, २०८० मंगलबार
  • 298
    SHARES
  • रुखले च्यापेर एकको मृत्यु

    म्याग्दी, माघ १६ । रघुगङ्गा गाउँपालिकामा आज रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

    images

    गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा रुखले च्यापेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । 

    रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

    images

    फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएका थिए । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।