मंगलबार, श्रावण १२ गते २०८३
images
images

यो देश विकसित बनाउन.....

एक्सप्रेस पाना
माघ १६, २०८० मंगलबार
  • 1.0K
    SHARES
  • यो देश विकसित बनाउन.....

    यो देश विकसित बनाउन उठ्नुपर्छ।
    सबैको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ।
    मातृभूमि भन्दा ठुलो कोही छैन मनले मान्नुपर्छ।
    राष्ट्रको स्वाभिमान बचाउन ! सबैले जाग्नुपर्छ ।

    images

    सिमानामा उभिएर देशको सुरक्षा गर्नुपर्छ।
    मेरो देशको बारेमा धेरै सोचेर काम गर्नु छ।
    म देशभक्त हुँ देशको लागि लड्छु।
    म देशभक्त हु म राष्ट्रको बारेमा सोच्ने गर्छु।

    राष्ट्रमा शान्ति र न्यायको लागि काम गर्नु छ।
    यो राष्ट्रलाई बलियो बनाउनु छ।
    यो देश विकसित बनाउन उठ्नुपर्छ।
    सबैको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ। 

    images

                    लेखक: गोबिन्द राज ओझा (राजन)          
                    ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी