शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 567
    SHARES
  • इपिएल : आज दुई खेल हुँदै

    असोज १० काठमाडौं । हिजोबाट सुरु भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो दिनको खेलमा आज दुई खेल हुँदै छ ।

    images

    आज हुने पहिलो खेलमा विराटनगर वारियर्स चितवन टाइगर्स सामना गर्नेछ । उक्त बिहान ९:३० बजेबाट टियु अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । विराटनगर करण केसीले कप्तानीमा मैदान उत्रनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन समेत विजयी सुरुवात गर्न चाहन्छ ।

    त्यस्तै अर्को खेलमा भैरहवाले पोखराको सामना गर्नेछ । यो खेल दिउँसो १:३० बजेबाट टियु मैदानमा सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ । पोखरा कप्तानी विनोद भण्डारीले गर्नेछ ।

    images

    यता हिजो भएको खेलमा सन्दीपको कप्तानीमा रहेको काठमाडौंले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।