बिहीबार , कार्तिक २० गते २०८३
images
images

मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, चिसो अझ बढ्ने

एक्सप्रेस पाना
माघ १७, २०८० बुधबार
  • 230
    SHARES
  • मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, चिसो अझ बढ्ने

    काठमाडौँ, माघ १७ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

    images

    दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार राति कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

    images

    कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । धेरै भागमा पानी पर्ने र हिमपात हुने कारण चिसो थप बढ्ने महाशाखाले जनाएको छ।