एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्नो विजयी यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा मोन्टेपिलरलाई २-० गोलले हराउँदै पिएसजीले विजयी यात्रा कायमै राखेको हो ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन इद्रिसा गुइए र जुलियन ड्राक्जरले १/१ गोल गरे । जारी खेलको १४औं मिनेटमा एन्जल डी मारियाको पासमा गोल गर्दै गुइएले पिएसजीलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको पिएसजीले ८८औं मिनेटमा ड्राक्जरले गोल गरेपछि पिएसजीले २-० गोलले विजयी भएको हो । यस खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी थिएनन् । उनी अघिल्लो सातायता मैदानबाहिर छन् ।
उक्त जितसँगै शीर्ष स्थानको पिएसजीले ८ खेलबाट खेलमा २४ अंक जोडेको छ । मोन्टेपिलर भने नौ अंकका साथ ११औं स्थानमा छ ।


