बिहीबार , कार्तिक २० गते २०८३
images
images

दोहोरी, बार र क्लबहरुलाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार

एक्सप्रेस पाना
माघ १९, २०८० शुक्रबार
  • 296
    SHARES
  • दोहोरी, बार र क्लबहरुलाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो । 

    images

    प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

    ‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ । यस अवधिमा कर तिर्नु भएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ ।’ काफ्लेले भने, ‘यसमा आपतकालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकी सरह असुल गर्नेसम्मका व्यवस्था छन् ।’

    images

    पत्राचार गरिएका क्लब, दोहोरी तथा बारहरु:
    जेपी रोडको रिफ्रेस डान्सबार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोककोकारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनि वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब,  ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लव, बेबो डान्स बार, टाकिला डान्स बार, क्वीनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिड नाईट डान्स बार, ज्याठाको चाहाना डान्स बार, अमृत मार्गको ड्रागन डान्स बार छन् ।