बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम : देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना

एक्सप्रेस पाना
माघ २१, २०८० आइतबार
  • 232
    SHARES
  • आजको मौसम : देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना

    माघ २१, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ।

    images

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसोपख कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसाे हल्का वर्षाको सम्भावना छ भने बागमती प्रदेशसँगै देशका बाँकी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था रहनेछ। 

    images

    सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा राति पनि छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।