शुक्रबार, भाद्र २६ गते २०८३
images

सिरी ए : मिलान एटलान्टासँग बराबरीमा रोकियो 

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 342
    SHARES
  • सिरी ए : मिलान एटलान्टासँग बराबरीमा रोकियो 

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलान र एटलान्टाले बराबरी खेलेका छन् । शनिबार राति इन्टरको मैदानमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

    images

    सान सिरोमा घरेलु टोली मिलानले सुरुवाती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ३०औं मिनेटमा रुस्लान मालिनोस्कीले गोल गरेपछि अटलान्टा बराबरीमा फर्कियो । ३८औं मिनेटमा राफेल टोलोयीले गोल गर्दै पहिलो हाफभरि एटलान्टालाई अग्रता दिलाए ।

    ७१औं मिनेटमा इडिन जेकोले गोल गर्दै इन्टरलाई बराबरीमा फर्काए । खेलको ८६औं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो । तर फेडेरिको डिमार्को पेनाल्टीमा चुक्दा इन्टर जित निकाल्नबाट बन्चित भएको हो ।

    images

    उक्त बराबरीसँगै तेस्रो स्थानको इन्टरले ६ खेलमा १४ अङ्क जोडेको छ । यता एटलान्टा भने ११ अङ्कका साथ पाँचौं स्थानमा छ ।